×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चुनावपछि पनि काँग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार : नेता सिंह

चुनावपछि पनि काँग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार : नेता सिंह

काठमाडौँ- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आगामी मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनपछि पनि काँग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन् ।

आज काठमाडौँको नयाँ बानेश्वरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै सिंहले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी बाँकी रहेका कार्यभार पूरा गर्न काँग्रेसले नै सरकारको नेतृत्व गर्ने बताए ।

अब नागरिकको चाहाना अनुसारको शासन व्यवस्थामा सुधार, भ्रष्टाचार अन्त्य र विधिको शासन कायम गर्दै समृद्धि हासिल गर्ने उनले बताए । यी सबै काम काँग्रेस नेतृत्वको सरकारले मात्रै गर्न सक्ने सिंहले बताए ।

अबको निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने उनले बताए । अवसर पाउँदा कसले के गरिरहेको छ र कसले के गरेन भनेर लेखाजोखा गर्न पनि उनले मतदातालाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस्