एजेन्सी - म्युजिक प्लेटफर्म स्पोटिफाई चर्चित फुटबल क्लब बार्सिलोना मुख्य प्रायोजक हुने भएको छ । जुलाई २०२२ देखि सुरु हुने गरी स्पोटिफाई र बार्सिलोना फुटबल क्लबबिच चार वर्षको लागि सम्झौता भएको हो । म्युजिक प्लेटफर्मले आफ्नो लोगो पुरुष तथा महिला टिमको जर्सीका साथै ट्रेनिङ शर्टमा राख्नेछ ।
स्पोन्सरशिपको अङ्गकै रुपमा क्याटलान्टा टिमले आफ्नो स्टेडियमको नाम समेत ‘स्पोर्टिफाई क्याम्प नाउ’ राख्नेछ ।
स्विडिस कम्पनीका प्रमुख फ्रिमियम बिजनेस अफिसर अलेक्स नोर्सटमले यो साझेदारीको कारण एकदमै समान्य रहेको बताएका छन्, -फ्यानलाई हरेक प्रकारका कलाकारसँग सम्पर्कमा राख्ने ।
‘बार्सिलोनाका फ्यान र स्पोर्टिफाइमा रहेका अडियो प्रेमीहरू एकसाथ आउँदा बृहत्, विश्वव्यापी र एक अर्कासँग आवद्ध समुदाय तयार हुनेछ । जसले सङ्गीतको संसार र फुटबलको संसारलाई आपसमा जोड्नेछ,’ उनले थपेका छन् ।
स्पोर्टिफाइले कलाकारका लागि बार्सिलोनाका फ्यानहरूको विश्व समुदाय अन्तरक्रिया गर्न नयाँ प्लेटफर्म ल्याउने बाचा समेत गरेको छ ।
सामान्य हिसाबले भन्दाखेरि स्पोर्टिफाईले विश्वभरबाट भारी मात्रामा प्रयोगकर्ता आकर्षित गर्न बार्सिलोनाको खेलमा जुवा खेलेको छ । जसबाट ‘ब्रान्ड अवेरनेस’ (ब्रान्ड सचेतना) बढाउन सहयोग पुग्ने कम्पनीको अपेक्षा रहेको छ । साझेदारीको आर्थिक पाटो भने बाहिर आएको छैन ।