×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मौसम : मध्य र पूर्वी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा, जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मौसम : मध्य र पूर्वी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा, जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं - देशभरको मौसम बदली भएको छ । मध्य र पूर्वी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । 

अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । गएराति बारा, काभ्रेपलाञ्चोक, कास्कीको पोखरा र मकवानपुरमा धेरै पानी परेको छ । आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेकाले आगामी तीन दिनसम्म नै उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । मनसुनको समयमा बाढी, पहिरो, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

गएको जेठ ३१ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन हिजो देशभर फैलिएको छ । अहिले मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्