दाङ- दाङको लमही नगरपालिका–५ वयलडाँडामा गएराती टेम्पोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय राजकुमारी चौधरी रहेकी छिन् ।
टेम्पोको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा चौराहा अस्पताल बुटवलमा आज बिहान पौने ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
लमहीबाट गढवातर्फ जाँदै गरेको रा १ स ३४५० नम्बरको टेप्मोले गएराती साढे ९ बजे सडक पार गर्दै गरेकी महिलालाई ठक्कर दिएको थियो । टेम्पो चालकलाई वडा प्रहरी कार्यालय लमहीले
लाइनको पहिलो स्थान ढुक्कको ठाउँ हो तर अजिवन सदाशिवमलाई त्यहाँ कति समय पर्खिनुपर्ने हो थाहा छैन । “म दुई दिनदेखि लाइनमै छु,“ राजधानी कोलम्बोस्थित एक पेट्रोल पम्पबाहिर व्यग्रताका साथ पालो पर्खिरहेका उनले भने । ट्याक्सीचालक भएकाले इन्धन उनका लागि जीविकोपार्जनसँग जोडिएको छ तर श्रीलङ्कामा पेट्रोलको आपूर्ति भइरहेको छैन । सदाशिवमले हामीलाई ट्याक्सीको पेट्रोल मापन गर्ने यन्त्र देखाउँदा त्यसको सुई शून्यमा थियो ।
“म कारमै सुतिरहेको छु । बेलाबखतमा खानेकुरा लिन निस्कन्छु तर फर्केर कुर्ने काम गर्छु‘ धेरै दिनदेखि मैले नुहाएको पनि छैन ।”
उनले आफूसँग पर्खनुको विकल्प नभएको बताएः “मैले मेरो परिवार, श्रीमती र दुई सन्तानको रेखदेख गर्नुपर्छ‘ तेल भए मात्र मैले कार चलाउन सक्छु र घर चल्छ ।” कम्तीमा दुई सातादेखि श्रीलङ्कमा इन्धनको आपूर्ति भएको छैन ।
केही बचेखुचेको तेल उक्त टापु राष्ट्रका अन्य भागबाट राजधानी ल्याइएको छ । सदाशिवम छिट्टै ट्याङ्कर आउनेमा आशावादी छन् । उनले प्रतीक्षा गरिरहेको रित्तो पेट्रोलपम्पलाई श्रीलङ्काली सेनाले पहरा दिइरहेको थियो । उनले आफ्नो आशा दर्शाउँदै भने, “उनीहरूले आज राति एउटा गाडी आइपुग्ने भनेका छन् ।”
“हप्ता नै लागेछ भने पनि मैले पर्खनुपर्छ । म अर्को लाइनमा जान सक्दिनँ ।” समुद्र छेउमा उनी जस्तै पेट्रोल पर्खिनेको लाइन झन्डै दुई किलोमिटर लामो छ । अचम्मलाग्दो दृश्य चाहिँ त्यस्ता चार वटा समानान्तर लाइन छन् । एउटा कारका लागि, अर्को बस र ट्रकका लागि र अर्को दुई वटा मोटरसाइकल र टुकटुकका लागि । उनीहरूले पर्खाइमा पनि दोहोरो मार झेल्नुपर्छ । जब तेल आइपुग्छ त्यो पाउनका लागि पहिले टोकन दिइन्छ । हामीले कुरा गरेका मानिसहरूले बताए अनुसार धेरैजसो पेट्रोलपम्पले एकपटकमा १५० टोकन जारी गर्ने गर्छन् । गाडीको पङ्क्तिको पछाडीपट्टी हामीले जयन्थ अथुकोरलालाई भेट्यौँ जो कोलम्बो बाहिरबाट राजधानी आएका थिए । उनको आशा १२ लिटर पेट्रोल पाउने मात्र थियो र जसकै भरमा उनले थप पेट्रोल खोज्ने आशा राखेका छन् ।
तर सदाशिवम झैँ अथुकोरलासँग टोकन भने थिएन। हामीले कुरा गर्दा उनले आफू पङ्क्तिमा ३०० नम्बरतिर रहेको अनुमान गरेका थिए । उनले सुनाए, “मैले आज टोकन पाउँछु÷पाउँदिन थाहा छैन। हामी ग्यास वा पेट्रोलबिना बाँच्न सक्दैनौँ। हामी गहिरो समस्यामा छौँ ।”
कार व्यापारी उनी अहिले तेल पाउन आफ्नै कारमा सुत्न विवश छन् । केही पेट्रोलपम्पले कडा नियम बनाएर स्वास्थ्य सेवा, खाद्यान्न र सार्वजनिक यातायातलाई मात्र तेल दिइरहेका छन् । इन्धन भित्र्याउन श्रीलङ्का सरकारमाथि दबाव परिरहँदा कोलम्बोले यतिखेर रुससँग सहायता मागिरहेको छ ।
राष्ट्रपति गोटाबय राजपक्षले राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस विषयमा पत्राचार समेत गरिसकेका छन् । पेट्रोलपम्प हुँदै अगाडि बढिरहँदा हामीले जगन्नाथनलाई भेट्यौँ । मुस्कानसाथ उनले आफूले हालसालै किनेको साइकल देखाए । उनी कुनै बेला ड्राइभर थिए तर पेट्रोल पाउन छाडेपछि उनले काम गर्नै छाडिदिए र आफ्नो बचतबाट साइकल किने । तर त्यसका लागि सामान्य बेलाभन्दा तीन गुणा बढ्ता पैसा तिरेका थिए । आफ्नो नयाँ साइकलमा जगन्नाथन गएपछि हामीले अरू तरिकाले आफ्नो भाग्य जाँच्न खोजिरहेकालाई भेट्यौँ । अघि बढ्न नसकिरहेको टुक–टुकको पङ्क्तिमा केही मानिसहरूले चिट्ठाको टिकेट काट्न खोजिरहेका थिए । एकजना मजदूर शिरीले आफ्नो परिवारका लागि भन्दै अन्तिममा बचेका सबै २६ वटा टिकेट किने ।
“मसँग आम्दानीको केही स्रोत छैन । गाह्रो छ तर हामी धैर्य गर्नुपर्छ ।”
गाडीको त्यो स्थिर पङ्क्तिमा कोही टुकटुकभित्र सुतिरहँदा त कोही आपसमा गफ गरिरहँदा शिरीले भने हातमा रहेका टिकेटका चाङमा आँखा डुलाइरहेका थिए । “के थाहा कुनै दिन मलाई चिट्ठा पर्छ कि,“ आशावादी भएर उनले भने ।