×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जापानमा बाह्र वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि खोप लगाउने तयारी

जापानमा बाह्र वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि खोप लगाउने तयारी

टोकियो- जापानमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको संक्रमण फैलिन थालेकाले बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेको जानकारी दिए ।

देशव्यापी खोप अभियान अन्तर्गत बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेकाले त्रसित नहुन पनि उनले मंगलबार सवैलाई अनुरोध गरे । उनले बयस्क तथा जेष्ठ नागरिकहरुलाई पनि अतिरिक्त खोपको व्यवस्था गरिएको जानकारी दिए ।

बालबालिकाहरुलाई पहिलो मात्रा खोप लगाउने र बयस्क तथा जेष्ठ नागरिकहरुलाई अतिरिक्त खोप लगाउने अभियान सँगसगै चलाइने उनको भनाई छ । उनले महामारी दिन प्रतिदिन तिव्र रुपमा फैलिदै गएकाले गैह्र आवासीय विदेशीहरुलाई आगामी फेब्रुअरी अन्त्यसम्ममा प्रवेश निषेध गरिएको घोषणा पनि गरे । जापानमा गत सोमबार मात्रै देशभरी छ हजार ४०० भन्दा बढी नयाँ संक्रमित थपिएको सरकारी अधिकारीहरुले जनाएका छन् । सिन्ह्वा

प्रतिकृया दिनुहोस्