×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताको बिचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेको हुन ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधवार बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरे पछि अप्ठ्यारोमा परेका रावललाई रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरेसँगै मुख्यमन्त्री बनेका रावललाई विश्वासको मत लिन सहज भएको बताइएको छ ।
तर, उन्मुक्तिले भने मत दिने नदिने औपचारिक रूपमा घोषणा गरिसकेको छैन। जसका कारण मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सुनिश्चित भएको छैन।
 

प्रतिकृया दिनुहोस्