×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

फेरि बढ्न थाल्यो संक्रमितको ग्राफ, सोमबार मुक्त हुने थोरै

फेरि बढ्न थाल्यो संक्रमितको ग्राफ, सोमबार मुक्त हुने थोरै

पछिल्लो २४ घण्टामा देशभर ३१२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट ३ हजार १९८ र पीसीआर विधिबाट १० हजार ६१३ जनाको नमुना परीक्षण गर्दा एन्टिजेन विधिबाट ८६४ र पीसीआर विधिबाट २२७९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १९२५ जना संक्रमण मुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ९९ हजार ६४९ पुगेको छ भने एन्टिजेनबाट ६२ हजार ७८३ पुगेको छ । यस्तै संक्रमितमध्ये ६ लाख ५८ हजार १२२ जना निको भएका छन् । 

यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ८९८ हुँदा निको हुने दर ९४।१ प्रतिशत रहेको छ । अर्थात हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ रहेको छ ।  

सक्रिय संक्रमितमध्ये ६९० जना आईसीयू र १७५ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै २८ हजार ४०५ जना होम आइसोलेशन मै हुँदा ३ हजार २२४ जना भने संस्थागत आईसोलेशनमा रहेका छन् । 

 

 

प्रतिकृया दिनुहोस्