×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

नेपालमा हालसम्म भित्रियो एक करोड ७८ लाख डोज खोप

नेपालमा हालसम्म भित्रियो एक करोड ७८ लाख डोज खोप

काठमाडौं - नेपालमा हालसम्म कोभिड-१९ विरुद्धको एक करोड ७८ लाख ५८ हजार ७१० खोप भित्रिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा बढी भेरोसेल खोप प्राप्त भएको छ। भेरोसेल खोप एक करोड १९ लाख डोज रहेको छ। कोभिसिल्ड खोप २४ लाख ४८ हजार आएको छ।
एस्ट्राजेनेका खोप १९ लाख ७५ हजार आठ सय ६० र एक मात्रा लगाए पुग्ने जोनसन एन्ड जोनसन १५ लाख ३४ हजार आठ सय ५० डोज छ।
मन्त्रालयका अनुसार १२ असोजसम्म एक करोड २९ लाख ५८ हजार पाँच सय आठ मात्रा खोप लगाइसकिएको छ।

प्रतिकृया दिनुहोस्