×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बैंक/वित्त

एमफानका संचालकद्धय चाैधरी र केसी क्रमश : फरवार्ड र आँधिखोला लघुवित्तको अध्यक्षमा पुन: चयन

एमफानका संचालकद्धय चाैधरी र केसी क्रमश : फरवार्ड र आँधिखोला लघुवित्तको अध्यक्षमा पुन: चयन

काठमाडौं ।  देशभर स्थापना भएका लघुवित्तहरुको छाता संगठन माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान) का संचालकद्धय भगवती चौधरी फरवार्ड लघुवित्त र नरेश केसी आँधिखोला लघुवित्तको अध्यक्षमा पुन: चयन हुनुभएको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको पुष ३० गते बसेको संचालक समितिको बैठकले चौधरीलाई अध्यक्षमा र्निबिरोध चयन गरेको हो ।  

पुष ३० गते बसेको नवौं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको प्रतिनिधीत्व गर्दै नयाँ संचालकमा भगवती चौधरी सहित राजकुमाचारी तब्दार, आशुतोष शर्मा सापकोटा र केशव राज पौडेल चयन हुनुभएको थियाे । त्यस्तै, सर्वसाधारण शेयरधनी तर्फबाट प्रतिनिधित्व गर्ने बलराम चौधरी र जगत जंग जि.सी. दुई जना चयन हुनुभएको थियाे ।  चौधरीलाई साधारण सभा सकिए लगत्तै बसेको संचालक समितिको बैठकले अध्यक्षमा निबिरोध निर्वाचित गरेको हो ।   कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षको कार्य गर्न लेखापरीक्षकमा किन्जल एण्ड एशोसियट्स, विराटनगर फर्म. कम्पनीलाई नियुक्त गरेको छ । 

यता माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान) का संचालक नरेश केसी आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको अक्ष्यक्षमा पुन चयन हुनुभएको छ । पुष ३० गते सम्पन्न वित्तीय संस्थाको पाँचौ बार्षिक साधारण सभापछि बसेको संचालक समितीको बैठकले पुनः नरेश के.सी लाई अध्यक्षमा चयन गरेको हो । गत शुक्रबार वालिङ स्याङजामा सम्पन साधारण सभावाट संस्थापक समुहको प्रतिनिधित्व गर्दै नरेश के.सी सहित श्यामविक्रम खाँड र सावित्रा दवाडी पौडेल संचालक सदस्यमा निर्वाचित हुनुभएको थियो ।

सभामा संचालक समितिको तर्फवाट अध्यक्ष नरेश केसीद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७(७८ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरियो ।
सभाले लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७(७८ को वासलत , नाफा नोक्सानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरिएको प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले बताउनुभएको छ ।

सभाले राष्ट्र वैंकको स्वीकृत बमोजिम २० प्रतिशत बोनस शेयर स्वीकृत गरेको वताईएको छ । संचालक समितिका अध्यक्ष नरेश के सी ले उद्धघाटन गर्नुभएको साधारण सभामा संचालक दिपेन थापाले स्वागत मन्तव्य  दिनुभएको थियो । धन्यवाद ज्ञापन संचालक केहर सिंह के।सीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन कम्पनी सचिव वावुराम कुँवरले गर्नुभएको थियो ।

संस्थाले हाल ११ जिल्लामा १९ कार्यालय मार्फत २ प्रदेशमा सेवा संचालन गर्दै आएको र हालै वाग्लुङमा केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्थासंग गरेको मर्जर प्रकृया तोडिएको प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले वताउनु भएको छ ।
 

प्रतिकृया दिनुहोस्