×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एक अर्ब ११ करोडमा बन्यो बुटवल सम्मेलन केन्द्र, प्रधानमन्त्री देउवाले आज उद्घाटन गर्ने

एक अर्ब ११ करोडमा बन्यो बुटवल सम्मेलन केन्द्र, प्रधानमन्त्री देउवाले आज उद्घाटन गर्ने

काठमाडाैँ- रुपन्देहीको बुटवल उपमहानगरपालिका -१० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री देउवा  रुपन्देही जाँदैछन् । 

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनलाई मध्यनजर गरेर बुटवलमा यो सम्मेलन केन्द्र दुई चरणमा निर्माण पूरा गर्ने गरी विस २०७१ मा ठेक्का सम्झौता भएको हो । थप भएको म्यादअगावै २०७८ असारमै सो केन्द्र निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । बुटवलदेखि पूर्व पश्चिम राजमार्गसँगै जोडिएको यो सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ । यो सभाहल एक हजार सिट क्षमताको छ ।

बुटवलमा ठूलो क्षमताको सभाहल नहुँदा राजनीतिक दलका सभा सम्मेलन तथा अन्य विभिन्न कार्यक्रम समेत खुला आकाशमुनि गर्नुपर्ने बाध्यता थियो । अब भने त्यो बाध्यता हट्ने भएको छ । सङ्घीय सरकारको सहरी विकास मन्त्रालयमार्फत १ अर्ब ११ करोड रुपैयाँ लागतमा बुटवल सम्मेलन केन्द्र निर्माण सम्पन्न भएपछि बुटवलको चर्को गर्मी तथा वर्षाको बीचमा पनि खुला आकाशमुनि सभा सम्मेलन गर्नुपर्ने झण्झट हट्ने भएको हो ।

प्रतिकृया दिनुहोस्