काठमाडौं- चीनको भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच आज (बुधवार) द्विपक्षीय वार्ता हुँदै छ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलवार राति चीन प्रस्थान गरेका मन्त्री खड्काले चिनियाँ समकक्षी यीसँग भेटवार्ता गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीनको छिङताओ सहरमा हुने वार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने बताइएको छ । नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्रसहित, गृह, भौतिक पूर्वाधार, वाणिज्य र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी छन् ।