×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नबाज सरिफका भाइ बने पाकिस्तानका प्रधान मन्त्री

नबाज सरिफका भाइ बने पाकिस्तानका प्रधान मन्त्री

काठमाडाैँ- पाकिस्तानकाे नयाँ प्रधान मन्त्रीमा शेहबाज सरिफ नियुक्त भएका छन् । मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता सरिफ पाकिस्तानको नयाँ प्रधामन्त्री बनेका हुन् । 

पाकिस्तान तेहरीक–ई–इन्साफले राष्ट्रिय सभा बहिष्कार गरेपछि शेहबाज निर्विरोध प्रधान मन्त्री बनेका हुन् । शेहबाजको पक्षमा १७४ सांसदले मतदान गरेका थिए ।

यसअघि प्रधान मन्त्री इमरान खान अविश्वासको मतबाट पदच्युत भएपछि शेहबाज पाकिस्तानको ३१औँ प्रधान मन्त्री बनेका हुन् । सत्तरी वर्षीय शेहबाज तीनपटक पाकिस्तानका प्रधान मन्त्री बनेका नवाज सरिफका भाइ हुन् । उनी पाकिस्तान पञ्जाबका तीन पटक मुख्यमन्त्री भइसकेका छन् । पाकिस्तानमा अहिलेसम्म कुनैपनि प्रधान मन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गरेका छैनन् ।

प्रतिकृया दिनुहोस्