×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौँमा दुई जना मृत फेला

काठमाडौँमा दुई जना मृत फेला

 काठमाडौँ - काठमाडौँको दुई छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् । काठमाडौँको नागार्जुन नगरपालिका–३ सानो भर्‍याङ डेरा गरी बस्ने मुस्ताङ भरतजङ्ग गाउँपालिका–४ का ४२ वर्षीय लोप्साङ गुरुङ आफ्नै कोठामा आज मृत फेला परेको प्रहरीले जनाएको छ । 
यस्तै आजै काठमाडौँको तीलगङ्गास्थित एक होटलमा बसेका झापा दमक घर भएका ४५ वर्षीय नित्य रिजाल पनि मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । दुवै घटनाका विषममा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिकृया दिनुहोस्