काठमाडौं - ओपनर लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड उल्भ्ससँग नेपाल ‘ए’ पराजित भएको छ। आयरल्याण्ड ए सँग नेपाल ए २१ रनले पराजित भएको हो ।
त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्ड ए विरूद्ध २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २ सय १ रनमा अलआउट भयो ।
आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार गरे पनि टिमको हार टार्न सकेनन् । ५६ बलमा ९ चौका र ८ छक्का प्रहार गर्दै १ सय ६ रनमा आउट भएका लोकेसपनि नेपालको इनिङ धर्मरायो ।
नेपाललाई बलिायो स्थितीमा पु¥याउन लोकेशसँग साझेदारी गरेका आरिफ शेख ४९ रनमा आउट हुँदा अन्य ब्याट्सम्यानहरु क्रिजमा टिक्नै सकेनन् ।