×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

युएईको सुस्त तर सम्हालिएको शुरुवात

युएईको सुस्त तर सम्हालिएको शुरुवात

काठमाडौँ- आईसीसी एकदिवसीय विश्वकप क्रिकेट लिग टू मा नेपालसँग पहिले ब्याटिङ गरिरहेको युएईले सुस्त तर सम्हालिएको शुरुवात गरेको छ । युएईमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको युएईले १३ ओभरको खेल सकिँदा कुनै पनि विकेट नगुमाई ४५ रन बनाएको छ ।युएईका मोहम्मद वासिम २७ र चिराग सुरी ९ रनमा नटआउट छन् ।

नेपालले अहिलेसम्म सोमपाल कामी, करण केसी र विक्रम सोबलाई बलिङ गराएको छ । तीनै जना बलरले अहिलेसम्म विकेट भने लिन सकेका छैनन् ।

आज नेपालले सागर ढकाल, आसिफ शेख र कमलसिंह ऐरीको ठाउँमा पवन सर्राफ, विक्रम सोब र विनोद भण्डारीलाई मौका दिएको छ । यही शृङ्खलाको यसअघिको खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस्