चितवन- यही १० गतेदेखि जारी नेकपा एमालेको १०औँ महाधिवेशन अझै सकिएको छैन । महाधिवेशन लम्बिँदा खर्च पनि बढेको छ । अनुमानित खर्चभन्दा करिब डेढ करोड बढी खर्च भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए । ३ दिनमा सक्ने भनिएको महाधिवेशनको अनुमानित लागत ७ करोड भनिएको थियो । यद्यपि ५ दिनसम्म लम्बिँदा खर्चसमेत बढेको तामाङले बताए । ‘सबै गरेर डेढ करोड जति खर्च बढेको अनुमान छ,’ तामाङले भने, ‘दिन लम्बिँदा खर्च पनि बढ्यो ।’
उनले अन्तिममा आएर मात्रै चुनाव गरिएको पनि बताए । बिहान ४ बजेसम्म सहमतिमा टुङ्ग्याउन खोजिएको तर, नभएपछि मात्रै चुनाव भएको उनको भनाई छ ।