काठमाडौं- ग्रामिण अर्थतन्त्र उकास्ने अभियानका साथ नेपाल राष्ट्र बैंकबाट इजाजत दिएर सञ्चालित लघुवित्त संस्थाहरुलाई धरासायी बनाउने उद्देश्यले गलत सुचना र अफवाह फैलाएको प्रति माइक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (MFAN)ले आपत्ति जनाएको छ । लघुवित्तीय संस्था बिरुद्धको संघर्ष समिति बनाएर लघुवित्त कार्यक्रम प्रति जनमानसमा भ्रम र अफवाह फैलाउँदै आएको प्रति एसोसिएसनले आपत्ति जनाएको हो ।
उक्त भ्रामक आरोपहरु प्रति आपत्ति जनाउँदै लघुवित्त संस्थाहरुका लगानीकर्ताहरुको साझा संस्था माइक्रोफाइनान्स एसोसिएसन अफ नेपाल(MFAN) ले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालका दुर दराजका गाउँहरुमा बैकिङ पहुँच, महिला सशक्तिकरण र उद्यमशिलता विकास गरि गरिवी न्युनिकरण गर्ने उद्देश्यका साथ स्थापना भई सेवा दिदै आएका लघुवित्तलाई बदनाम गराउन खोजिएको भन्दै यस्तो अभियान चलाउनेहरुलाई कार्वाही दायरामा ल्याउन माग समेत गरेको छ । गरिबी न्युनिकरणका लागि लघुवित्त क्षेत्रले पुर्याएको योगदान जगजाहेर हुदाँ हुदै पनि लघुवित्त क्षेत्रलाई नै बदनाम गर्नेगरी केहि व्यक्तिहरुले संर्घष समिति बनाएर बिभिन्न सञ्चार माध्यमहरुवाट लघुवित्त वित्तिय संस्थाहरु माथी लगाएका भ्रामक र झुटा आरोपहरु प्रति लघुवित्त बित्तीय संस्थाका लगानीकर्ताहरुको साझा संस्था माइक्रोफाइनान्स एसोसिएसन अफ नेपालको ध्यानाकर्षण भएको छ । एमफान अध्यक्ष जगत बहादुर पोखरेलको हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘झुठा र कपोकल्पित घटना बनाई समग्र लघुवित्त वित्तीय संस्थाहरुलाई लगाईएका सम्पूर्ण आरोपहरु प्रति यस एसोसिएसन खेद प्रकट गर्दछ ।’ जारि गरेको विज्ञप्तिमा भनिएको छ । ‘कपोकल्पित रुपमा भनिएका घटनाहरु र लगाईएका आरोपहरुको सत्यतथ्य पत्ता लगाउन सरोकारवाला निकायहरुसँग जोडदार माग समेत गर्दछ ।’