काठमाडौं- आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा आकाश त्रिपाठीले अर्धशतक पूरा गरेका छन् ।
युएईमा चलिरहेको छनोट प्रतियोगितामा आकाशले यू–१९ राष्ट्रिय टिमबाट सिङ्गापुर विरुद्ध डेब्यु गरेका आकाशले १०० बल खेल्दै ७ चौका एक छक्काको मद्दतमा ७८ रन बनाएर आउट भएका छन् ।
घरेलु क्रिकेटमा २०२२ को यू–१९ प्रतियोगितामा लुम्बिनी प्रदेशबाट खेल्ने आकाशले नेपालका लागि पहिलो टुरमा नै राम्रो प्रदर्शन गरेका हुन् । नेपालले ४० ओभरको खेल सकिँदा ४ विकेट गुमाएर १९१ रन बनाएको छ ।
युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालका लागि ७ जना खेलाडीले डेब्यु गरेका छन् । आकाश सहित दीपक बोहरा, सुवास भण्डारी, हेमन्त धामी, दिपकप्रसाद डुम्रे, दीपक बोहरा र मिलन बोहराले डेब्यु गरेका छन् ।