×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खाेजिएकाे ओलीकाे निष्कर्ष

एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खाेजिएकाे ओलीकाे निष्कर्ष

काठमाडौँ-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएरै छाड्ने बताएका छन् ।

शुक्रवारबाट ललितपुरको च्यासलस्थित पार्टी कार्यालय सुरु एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले अस्तित्व नै मेटाउँछौ भन्दै एमालेलाई घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएर विजयको सुनिश्चित गर्दै अघि बढ्ने दाबी गरेका हुन् ।

मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनलाई शान्ति पूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने उनले बताए । यसका लागि सरकारसँग वार्ता र कुराकानी तथा दबाब र निर्वाचनसँग सम्बन्धित निकायसँग छलफल गर्ने उनको भनाई छ ।

अध्यक्ष ओलीले एमालेले गरेका काम र आगामी योजनाहरूका साथै देशलाई समृद्ध र सुखी नेपाली बनाउनका लागि प्रतिबद्ध भएर जनतामाझ जानुपर्ने धारणा राखे । उनले एमाले, देश र लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने गरी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए ।

बैठकमा अध्यक्ष ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक, संगठानिक विषय लगायतका विषय समेटेर राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

बैठकले निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदनलगायत पेस, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली लगायतका विषय टुङ्गो लगाउने एमालेले जनाएको छ । एमाले केन्द्रीय कमिटी बैठक दुई दिनसम्म चल्ने छ ।

प्रतिकृया दिनुहोस्