×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दुई वर्षपछि ९ हजार नेपाली कोरिया जाँदै

दुई वर्षपछि ९ हजार नेपाली कोरिया जाँदै

काठमाडौँ-दुई वर्षदेखि स्थगित भएको कोरियन भाषाको परिक्षा १९ जेठ देखी –३ असारमासम्म सञ्‍चालन हुने भएको छ । स्थानीय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परीक्षा जेठ २६ गतेबाट सुरु गर्न लागिएको हो । २६ बैशाख २६ गते सञ्‍चालन हुने गरी यस अघि मिति तोकिएका भएपनि स्थानिय तह निर्वाचनक कारण स्थगित भएको परीक्षा तीन सिफ्टमा सञ्‍चालन हुनेछन्।

वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई परीक्षा दिन मिल्ने गरी विभागले तयारी गरिरहेको छ । कोरियन भाषा परीक्षामा उर्तिणहरूमध्ये ६ हजार ९ सय ९३ उत्पादनमुलक क्षेत्रमा र २ हजार ७ सय ४१ गरी ९ हजार ५ सय १३ नेपालीहरुलाई यसै बर्ष दक्षिण कोरिया पठाउने गरी परिक्षा लिन लागिएको हो। वैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरियामा जानका लागि ४३ हजार भन्दा बढीले आवेदन दिएको विभागले जनाएको छ।

हालसम्म ७७ हजार नेपालीले कोरियामा रोजगार प्राप्त गरिसकेका छन् भने पछिल्ला दुई वर्षमा विश्वव्यापी महामारी कोभिड संक्रमणका कारण परीक्षा हुन नसके पनि सन् २०२२ मा भने नेपालीलाई लान कोरिया मञ्जुर देखिएपछि परीक्षा सुरु गर्न लागिएको हो।

प्रतिकृया दिनुहोस्