×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पत्रपत्रिका

उपत्यकामा देखिएको बाक्लो तुवाँलो आइतबारसम्म नहट्ने

उपत्यकामा देखिएको बाक्लो तुवाँलो आइतबारसम्म नहट्ने

काठमाडौं । शुक्रबारदेखि एक्कासी काठमाडौं उपत्यकाको आकाशमा देखिएको बाक्लो तुवाँलो आइतबारसम्म नहट्ने भएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गइ पारदर्शीता घटेको हो ।

आइतबारसम्म मौसम स्थिर रहने विभागका मौसमविद् गङ्गा नगरकोटीले बताएका छन् । उनकाअनुसार तुवाँलो सोमबारदेखि मात्रै क्रमशः घट्दै जानेछ । विभागकाअनुसार देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन–चट्याङसहित फाट्टफुट्ट तथा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

प्रदूषित वायुका कारण अहिले खासगरी काठमाडौंभित्र हिँड्डुल गर्नसमेत कठिन भएको छ ।

प्रतिकृया दिनुहोस्