×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सर्वोच्चको सेवा कटौतीलाई थप १० दिन निरन्तरता

सर्वोच्चको सेवा कटौतीलाई थप १० दिन निरन्तरता

काठमाडौँ । सर्वोच्च अदालतले सेवा कटौतीलाई थप १० दिन निरन्तरता दिने भएको छ । कोरोना संक्रमणका कारण माघ ४ गतेदेखि गरेको सेवा कटौती माघ २८ गतेसम्म निरन्तरता दिने भएको हो । 

मंगलबार बसेको सर्वोच्चको पूर्णबैठकले सेवा कटौती १० दिन थप गर्ने निर्णय गरेको हो । सर्वोच्चले कोरोना महामारीमा अदालतमा हुने भीडभाडलाई व्यवस्थापन गर्न सेवा कटौती गरेको थियो ।

सर्वोच्चले हाल बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरुरीका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्त्वका मौलिक हकसम्बन्धी, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी, मुलुकी फौजदारी संहिता २०७४ को दफा ७३, १३७ (६) र १५५ बमोजिमका थुनुवा रहेका व्यक्तिहरूको निवेदन र प्रतिवेदनमाथि सुनुवाइ गरिरहेको छ ।

त्यस्तै थुनुवा भएकाहरूको मुद्दा, हेर्दाहेर्दै र निर्णय सुनाउने क्रममा रहेको मुद्दा, नेपाल सरकारका तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको पनि सुनुवाइ गरेको छ ।

प्रतिकृया दिनुहोस्