×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

त्रियुगाकाे मेयरमा कांग्रेसको अग्रता कायमै, उपमेयरमा एमाले अगाडि

त्रियुगाकाे मेयरमा कांग्रेसको अग्रता कायमै, उपमेयरमा एमाले अगाडि

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता बढाएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार वसन्त बस्नेतले १० हजार ७१४ मत पाएका छन् । उनले नेकपा एमालेका भागवत राउतलाई १९३७ मतान्तरले पछि पारेका छन् ।

राउतले ८७७७  मत पाउँदा निवर्तमान मेयर नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीले ७४१० मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी उपमेयरमा भने एमालेले अग्रता लिएको छ । एमालेकी उपमेयर उम्मेदवार महेश्वरी राईले ९६६६ मत ल्याएर अग्रता लिइरहेकी छन् । उनलाई नेपाली कांग्रेसकी सरिता राईले ९५०० मतसहित पछ्याइरहेकी छन् ।

सुरूदेखि नै अगाडि रहेकी सरितालाई महेश्वरीले आइतबार बिहान उछिनेकी हुन् । तेस्रो स्थानमा माओवादी केन्द्रकी गीता खड्का कार्कीलेले ५ हजार ६ सय ४३ मत प्राप्त गरेकी छन् ।

 

त्रियुगा नगरपालिका उदयपुर जिल्लाको सदरमुकाम भएको र मतदानपछि विवाद भएकोले ढिलो गरि मतगणना सुरु भएको हो ।

प्रतिकृया दिनुहोस्