काठमाडौ - (एमसीसी ) विरुद्ध नयाँ बसपार्क बिजी मल् अगाडि बृहत आमसभा कार्यक्रम हुदैछ । मनमैजु ,टोखा ,गोंगबु लगायत स्थानका स्थानीय बासिन्दाको पहलमा कार्यक्रम हुदैछ ।राजनैतिक अभियान्ता देखि,सामाजिक अभियान्ता देखि देशका योद्धाको टिम लगायत अन्यको पनि उपस्थिति रहने छ । बिजि महल नयाँ बसपार्क (गोंगबु ) आज दिउसो ३ :३० हुने कार्यक्रममा सम्पुर्ण देशप्रेमी जनताहरुलाइ उपस्थिति लागि अनुरोध समेत गरिएको छ ।
यस अघि एमसीसीको बिरोधमा राजधानीमा देशका योद्धाले सडक प्रदर्शन गरेको छ । राजधानीको अनामनगरबाट सुरु भएको मार्च पास बबर महल,माईतिघर,हुँदै बानेश्वरमा पुगेर धर्नामा परिणत भएको थियो। देशका योद्धाहरुले प्रदर्शन गरिरहँदा भारी बर्ष भए पनि युवाहरु पानीमा भिजेरै एमसीसी बिरुद्ध प्रदर्शन गरिरहेका थिए ।देशका योद्धा समुहमा आवद्ध युवाहरुले नकाव लगाएर राजधानीमा मार्च पास गरेका थिए । मार्च पासको कार्यक्रम एमसीसी फिर्ता नभए सम्म जारी रहने अभियन्ता हेमराज थापाले जानकारी दिएका छन् ।
बिभिन्न समुहसँगको कायगत एकता गरेर देशका योद्धा युवाको समुह जन्मीएको थापाले जानकारी दिए । उक्त समुहमा १०० ग्रुप,हाम्रो टिम नेपाल,हेमराज थापा,युवक संगठन लगायतका समुह मिलेर देशका योद्धा समुह बनेको बिमल पन्तले जानकारी दिए ।
राष्ट्र संकटमा परेका बेला युवाहरुले योगदान दिनु पर्ने र त्यसका लागि आफुहरु बारुद्ध बन्न पनि तयार रहेको बब्लु गुप्ताले बताए ।