×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमाले कार्यदलको बैठक : ‘सहमतिको मस्यौदा’माथि छलफल

एमाले कार्यदलको बैठक : ‘सहमतिको मस्यौदा’माथि छलफल

एमाले कार्यदलले ‘सहमतिको मस्यौदा’ माथि छलफल गरेको छ । विपक्षी एमालेको तर्फबाट गठित वार्ता टोलीका सदस्य रघुजी पन्तकाअनुसार कार्यदलको आजको बैठकमा सहमतिको मस्यौदामाथि छलफल भएको हो । ‘मस्यौदामा हामीले छलफल गर्यौँ, हामीले लागेका सुझावहरु दिएका छौँ,’ सदस्य रघुजी पन्तले भनेका छन् ।

गत २१ गतेदेखि निरन्तर रुपमा बस्दै आएको कार्यदलले विवाद समाधानको सन्दर्भमा कुनै प्रगति गरेको छैन । यसअघि बिहीबार बसेको बैठकपछि कार्यदलका सदस्य घनश्याम भुसालले भनेका थिए— ‘हामीले विगत १० दिनदेखि कुनै प्रगति नै गरेका छैनौँ ।’

नेताहरुले शीर्ष दुई नेता (केपी शर्मा ओली र माधवकुमार नेपाल) लाई भेट्टाउनेबाहेक नयाँ काम केही गरेको छैन । निर्णायक भनिएको बिहीबार बैठकमा कार्यदलले एजेण्डामा प्रवेशसमेत गरेको थिए ।

 
 

प्रतिकृया दिनुहोस्