काठमाडाै । सामाजिक काममा सक्रिय युवाहरुको समुह हाम्रो टिम नेपालले सुरु गरेको निशुल्क खाना वितरण अभियानको आज ठिक एक बर्ष पुगेको छ । संसारभर महामारका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण थप नबढोस् भन्दै सरकारले गरेको देशव्यापी लकडाउनका कारण रोजगार गुमाएका सडकका मजदुरहरुका लागी हाम्रो टिम नेपालले निशुल्क खाना वितरण गर्ने अभियान चलाएको थियो ।
भोकमुत्त नांगोमुत्त र भेदभावमुत्त राष्ट्र निमार्ण गर्ने अभिप्रायले स्थापना भएको हाम्रो टिम नेपाल नामक सामाजिक संस्थाले गतबर्ष चैत्र १४ गतेदेखि लकडाउनका कारण रोजगार गुमाएर छाक टार्नकै लागी समस्यामा परेका गरिब विपन्न,अपागंता भएका व्यत्तिहरुका लागी निशुल्क खाना खुवाउदै आएको संस्थाका अध्यक्ष विमल पन्तले जानकारी दिएका छन् ।
सुरुवातका दिनमा संस्थाले काठमाडौँ उपत्यकाभित्र रत्नपार्क, पशुपति क्षेत्र गुहेश्वरी जोरपाटी, बौद्द, जडिबुटी, स्वयम्भु कुलेश्वर बल्खु, ललितपुरको महालक्ष्मीमन्दिर क्षेत्रमा बस्ने सडकका मजदुरहरुका लागी हरेक दिनजसो करिब हजार जनाका लागी निशुल्क खाना बितरण गरेकाे थियाे । अचेलपनि काठमाडाैकै थापाथलीमा रहेकाे प्रसुतीगृहकाे पछाडी हरेक दिन निशुल्क खाना खुवाउदै अाएकाे छ
काेराेना भाइरसकाे त्रास अलि कम भएपछि सरकारले लकडाउन हटाएपनि हाम्रो टिम नेपालले निशुल्क खाना बितरण अभियान आजसम्मपनि निरन्तर जारी राखेको संस्थाका सदस्य उमेश बोहराले जानकारी दिएका छन् ।