×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मापसे गरेर सवारी चलाउनेलाई प्रहरीले कक्षा दिने

मापसे गरेर सवारी चलाउनेलाई प्रहरीले कक्षा दिने

सुर्खेत । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जिल्लामा मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने चालकलाई सचेतना कक्षा सञ्चालन गर्ने भएको छ ।

पछिल्लो समय कर्णाली प्रदेशको राजधानीसँगै मानिसहरूको अत्यधिक चापसँगै सवारीसाधन बढेपछि मापसेका कारण दुर्घटनाको जोखिम बढेकाले प्रहरीले यस्तो नियम लागू गर्ने भएको हो ।

माधव पदार्थ सेवन गरेर सवारी चलाउने चालकहरू पक्राउ परेपछि कानुनले तोकिएको कारबाहीसँगै एक दिनको सचेतना कक्षा लिनुपर्ने प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनेको संख्यामा वृद्धि हुन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख (प्रहरी निरीक्षक) उपेन्द्र आर्चायले मादक पदार्थ सेवन गर्ने सवारी चालकलाई कानुनबमोजिम कारबाहीसँगै एक दिनको सचेतनामूलक कक्षा दिने नियमको लागू गरिएको जानकारी दिए ।

प्रमुख आर्चायले भने‚ ‘बिहीबारबाट सचेतना कक्षा सुरु गरिएको छ भने बिहीबारको कक्षामा ३० जना सहभागी थिए । हामीले एक हप्तामा दुई दिन सचेतना कक्षा सञ्चालन गर्ने योजना बनाएका छौँ ।’

उक्त कक्षामा मदिरा सेवन गरेर सवारी साधन चलाउँदा हुने जोखिम र क्षतिबारे चालकलाई सचेत गराइनेछ । मादक पदार्थ सेवन गरेर सवारी चलाएकै कारण सडक दुर्घटना बढ्न थालेको त्यसको न्यूनीकरणका लागि यस्तो अभियान थालिएको प्रमुख आचार्यले बताए ।

ट्राफिक प्रहरी सुर्खेतले चालु आर्थिक वर्षको हालसम्म सुर्खेतमा मदिरा सेवन गरेर सवारीसाधन चलाउने एकसय ९२ जना चालकलाई कारबाही गरेको जनाएको छ ।

 
 

प्रतिकृया दिनुहोस्