×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

साउनबाट न्युनतम पारिश्रमिक लागू गर्न उद्योग निर्वाध सञ्चालको माग

साउनबाट न्युनतम पारिश्रमिक लागू गर्न उद्योग निर्वाध सञ्चालको माग

सरकारले साउन १ गतेदेखि लागू हुने गरी कायम गरेको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न उद्योग व्यवसाय निर्वाध रुपमा सञ्चालन हुने व्यवस्था मिलाउन उद्योगीहरुका ३ संगठनले संयुक्त आह्वान गरेका छन् ।

मंगलबार साँझ एक संयुक्त आह्वान पत्र जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कर्मशले संयुक्त रुपमा यस्तो आह्वान गरेका हुन् ।

कोरोना महामारीका कारण उद्योग व्यवसायमा असहज परिस्थिति उत्पन्न भएको भन्दै न्युनतम पारिश्रमिक कार्यान्वयन गर्नका लागि उद्योग व्यवसाय सञ्चालनमा अवरोध हुनु नहुने उनीहरुको भनाइ छ ।

महासंघका अध्यक्ष शेखर गाेल्छा, परिसंघका अध्यक्ष सतिशकुमार माेर र चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले संयुक्त आह्वान पत्र जारी गरेका हुन् ।

सरकारले आगामी आर्थिक वर्षदेखि चिया बगान बाहेकका प्रतिष्ठानमा काम गर्ने श्रमिकको लागि १५ हजार रुपैयाँ न्युनतम पारिश्रमिक निर्धारण गरेको छ । यसमा ९ हजार ३ सय ८५ रुपैयाँ आधारभूत तलब र ५ हजार ६ सय १५ रुपैयाँ महगी भत्ता समावेश गरिएकाे छ ।

प्रतिकृया दिनुहोस्