×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमसीसीकी सीईओ अल्ब्राइट नेपाल आउँदै

एमसीसीकी सीईओ अल्ब्राइट नेपाल आउँदै

काठमाडौं - एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयनको चरणमा प्रवेश गरेसँगै मिलेनियम च्यालेन्ज कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस प्याटरसन अल्ब्राइट नेपाल आउने भएकी छन् । अल्ब्राइट असोज १४ गते नेपाल आउने तालिका तय भएको हो ।

नेपाल र एमसीसीबीच २०७४ भदौ २९ गते नेपाल कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौता संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसीस्थित अमेरिकी विदेशमन्त्रालयमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की तथा एमसीसीका कामु प्रमुख कार्यकारी अधिकृत जोनाथन नाशले हस्ताक्षर गरेका थिए । यस कार्यक्रम अन्तरगत विद्युत् प्रशारण लाइन निर्माण तथा सडक मर्मतसम्भारसम्बन्धी दुईवटा आयोजना रहेका छन् ।

गत भदौ १३ गते नेपाल र एमसीसीबीच एमसीसी नेपाल कम्प्याक्टको पूर्वतयारी चरणमा यथेष्ट प्रगति भएको सहमतिपछि कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा गरिएको थियो । पाँच वर्षको समयसीमा भित्र कम्प्याक्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न हुने भनिएको छ ।

अल्ब्राइटसहितको प्रतिनिधिमण्डल असोज १८ गते फर्किने बताइएको छ । यसबीचमा टोलीले आयोजनाको प्रगतिबारे जानकारी लिनुका साथै उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

अल्ब्राइटले ग्लोबल पार्टनरसीप फर एजुकेजनको सीईओको रुपमा सन् २०१४ मा नेपाल पनि नेपालको भ्रमण गरेकी थिइन् ।
 

प्रतिकृया दिनुहोस्