काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेम्जोङ बिहे गर्दैछन् । उनले आज प्रेमिका कञ्चन निरौलासँग विवाह गर्ने भएका हुन् । विवाह सिल्भर ओक पार्टी प्यालेस बालुवाटारमा हुँदैछ । किरण इमाडोलस्थित घरबाट जन्तिसहित बालुवाटार पुग्ने छन् । वैवाहिक कार्यक्रमका लागि उनीहरूले सीमित आफन्तलाई मात्र बोलाएका छन् ।
किरणले कञ्चनसँग गत साउनमा माल्दिभ्समा विवाहको प्रस्ताव गर्दै इंगेजमेन्ट गरेका थिए । इंगेजमेन्टपछि किरणले आफ्नी आमा र प्रेमिका कञ्चनसँगै माल्दिभ्समै छुट्टी पनि मनाएका थिए । कञ्चन यती एअरलाइन्समा एअर होस्टेज छिन् ।