काठमाडौं - पत्रकार रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेका छन् । प्रतिनिधि सभाको आगामी चुनावमा स्वतन्त्र उम्मेदवारी दिनका लागि उनले टीभी छाेडेका हुन् ।
उनले काठमाडौं–२, ३ वा ५ बाट चुनाव लड्ने योजना बनाएका छन्। काठमाडौंमा स्वतन्त्रबाट चुनाव लड्ने भन्दै लामिछानेले बिहीबार ग्यालेक्सी टिभी छाडेका छन्। उनको बिहीवार टेलिभिजनबाट बिदा गरिएको छ। टिभीका अध्यक्ष जिवी राईले लामिछानेलाई खादा लगाएर औपचारिक विदाइ गरे।
आज बेलुका प्रशारण हुने ‘सिधा कुरा’ अन्तिम कार्यक्रम हुनेछ। उनले आफ्नो कार्यक्रम युवराज कँडेललाई हस्तान्तरण गरेको बुझिएको छ ।