×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फोटो सुट गर्दै गर्दाअग्लो भी’रमा श्रीमानले छोडे श्रीमतीको हात

फोटो सुट गर्दै गर्दाअग्लो भी’रमा  श्रीमानले छोडे श्रीमतीको हात

काठमाडौँ - साहसिक कुराहरु मन पराउने एक नवविवाहित दम्पतीले आफ्नो वैवाहिक फोटोसुटका लागि अग्लो ढुंगाको टुप्पामा पोज दिएका छन् । कोरोनाका कारण आफ्नो विवाह भव्य बनाउन नपाएपछि उनीहरुले यो साहसिक तरिका रोजेका हुन् ।

 यो भीर उनीहरुको गृहराज्यमा ह्वाइटेकर प्वाइन्ट ट्रेकिङ रुटमा पर्छ । फोटोसुटका क्रममा भीरको छेउमा श्रीमानको हात समाएर त्यसैको सहारामा उभिएकी स्काइले अचानक श्रीमानको हात छोडेको पल पनि क्यामेरामा कैद भएको छ । यद्यपि अर्को एउटा फोटोमा उनले सेफ्टी रोप लगाएको देख्न सकिन्छ । अमेरिकाको अर्कन्सास राज्यको माउन्टेन होमका ३० वर्षका र्यान र २८ वर्षकी स्काइ मायर्सले आफनो विवाह भव्य बनाउन चाहेका थिए तर कोरोनाको प्रतिबन्धका कारण योजना बदल्नुपरेको थियो ।त्यसपछि यी साहसी जोडीले आफ्नो विवाहको खुसीयाली हक्सबिल क्रागमा साहसिक फोटोसुट गरेर मनाउने निर्णय गरे ।

दसनका अनुसार यी दुईका फोटोहरु फोटोग्राफर मेसन गार्डनरले खिचेका हुन् । र्यानका अनुसार उनीहरु ४ वर्षभन्दा धेरै समयदेखि साथमा थिए । गएको जूनमा उनले अब आफू स्काइसँग बिहे गर्नको लागि अझै लामो समय प्रतिक्षा गर्न नसक्ने कुरा स्काइलाई बताएका थिए।
उनीहरु भव्य बिहे चाहन्थे तर स्काइले नर्सिङको पढाइ सुरु गरेकोले उनीहरुसँग समय थिएन । त्यसमाथि प्रतिबन्धका कारण उनीहरुले यो तरिका सोचेका थिए । जुन उनीहरूको साहासिक तस्बिर अहिले संसाभर भाइरल बनेको छ ।

प्रतिकृया दिनुहोस्