×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हमासले इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको पुष्टि

हमासले इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको पुष्टि

काठमाडौं- प्यालेस्टायनी उग्रवादी संगठन हमासले इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ ।

हमासले गरेको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको र १ जना सम्पर्कविहीन भएको इजरायलस्थित नेपाली राजदूतावसले जनाएको छ ।
मृत्यु हुनेमा कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, कैलालीकै आशिष चौधरी, दार्चुलाका दीपेश राज विष्ट, धनुषाका आनन्द साह, सुनसरीका राजेश कुमार स्वर्णकार, डोटीका राजन फुलारा र पदम थापा, सल्यानका प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका छन्। मृतक १० जनाको शव नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ।

May be an image of blueprint, ticket stub and text

प्रतिकृया दिनुहोस्