×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइलनमा, भारत बाहिरियो

अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइलनमा, भारत बाहिरियो

एजेन्सी - आइसीसी टी-ट्वान्टी  विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । न्युजिल्याण्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गरेपछि सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको हो । समुह ए बाट इंग्ल्याण्ड र अष्ट्रेलिया सेमिफाइनलमा पुगेका छन भने समुह बी बाट पाकिस्तान र न्युजिल्याण्डले अन्तिम चारमा स्थान बनाए । 

न्युजिल्याण्डको जितसँगै भारत र अफगानिस्तान समुह चरणबाट बाहिरीएका छन । भारत समुह चरणबाट बाहिरीएको यो चौथो पटक हो । सन् २००७ को च्याम्पियन भारत २००९, २०१०, २०१२ र २०१४ मा पनि दोस्रो चरणबाट बाहिरीएको थियो । 

आबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाउदै एक सय २४ रन बनायो । उसका तीन खेलाडीलेमात्र दोहोरो अंक जोड्न सके । सुरुवात राम्रो गर्न नसकेको अफगानिस्तानले आठ रनमा पहिलो विकेट गुमायो । 

उसका ओपनर मोहम्मद सहजाद चार रनमा आउट भए । त्यसपछि हर्जतुल्लाह जाजाई मात्र दुई रनमा आउट हुँदा अफगानिस्तानले १२ रनमा दोस्रो विकेट गुमायो ।

लगत्तै रहमानुल्लाह गुरबाज ६ रनमा आउट हुँदा अफगानी टिम दबावमा परेको थियो । उसको १९ रन हुँदा महत्वपुर्ण तीन विकेट झरेको थियो । 

त्यसपछि गुल्बादीन नेइब र नाजिबुल्लाह जार्दनले टिमको पारी सम्हाल्न खोजेका थिए । तर नेइब १५ रनमा आउट भए ।
यस्तै कप्तान मोहम्मद नाबीपनि १४ रनमा पेभेलियन फर्किए । उसका लागि जार्दनले ७३ रन बनाए । उनले ४८ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । 

उसका करिम जनत दुई रनमा आउट भए भने रासिद खान तीन रनमा बाहिरीए । बलिङमा ट्रेन्ट बोल्टले तीन तथा टिम साउदीले दुई विकेट लिए ।
जवाफमा न्युजिल्याण्डले १८ ओभर एक बलमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका लागि मार्टिन गुप्टिलले २८ रन बनाए भने डारेल मिचेलले १७ रन बनाए । यस्तै कप्तान केन विलियम्सनले ४० रनको योगदान गरे भने डेभोन कोनवेले ३६ रन जोडे । 

जितसँगै न्युजिल्याण्ड समुह बी बाट अन्तिम चारमा पुगेको हो । अब आजै हुने अर्को खेलमा पाकिस्तान पराजित भएको खण्डमा न्युजिल्याण्ड विजेताका रुपमा सेमिफाइनलमा पुग्ने संभावना छ । 

प्रतिकृया दिनुहोस्