×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

साेमबार १४ सय ४६ काेराेना संक्रमित थपिए, २ जनाको मृत्यु

साेमबार १४ सय ४६ काेराेना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं- नेपालमा सोमबार १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ९ सय ६५ पिसिआर परीक्षणका क्रममा १ हजार ३ सय ५७ जना र २ हजार ४ सय ६४ एन्टीजेन परीक्षणका क्रममा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोरोनाका कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ६ जनाको मृत्यु भएको छ । त्यस्तै थप २ सय ५५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १४ हजार ४ सय ८५ जना निको भएका छन् ।

हाल नेपालमा ७ हजार ८ सय ५५ सक्रिय संक्रमित आइशोलेशन र १ सय १३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 
 

प्रतिकृया दिनुहोस्