काठमाडौँ - मंगलबार सेयर बजारमा १८.५४ अंकको गिरावट आएको छ । ०.६३ प्रतिशतले घटेर नेप्से परिसूचक २९२९.२८ बिन्दुमा पुगेको हो । कारोबारमा आएका सबै समूहका परिसूचक कमजोर छन् ।
कारोबार रकम पनि ५ अर्ब रुपैयाँमा सीमित भएको छ । २१ अर्ब रुपैयाँभन्दा बढीसम्म कारोबार हुने नेप्से पाँच अर्बमा खुम्चिएको हो । मंगलबार मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रो, राइराङ हाइड्रो, युनाइटेड मोदी हाइड्रोको कारोबार उच्च छ ।