काठमाडौं - जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गर्नुभएको छ। प्राइम टाइम टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा उहाँले आफू व्यक्तिगत रूपमा संसदीय निर्वाचन लड्ने पक्षमा नरहेको तर पार्टीको अस्तित्व जोगाउन मात्र मैदानमा उत्रिएको खुलासा गर्दै अब संसदीय राजनीतिमा नफर्कने बताउनुभएको हो।
यसपटक सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्नुभएका राउत रास्वपाका उम्मेदवार रामजी यादवसँग पराजित हुनुभएको थियो। अघिल्लो निर्वाचनमा राष्ट्रिय पार्टी बनेको जनमत यसपटक थ्रेसहोल्ड कटाउन नसकी खुम्चिन पुगेको छ।