×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गठबन्धन बैठक : मन्त्रिपरिषद् पुनर्गठनदेखि देउवाको अमेरिका भ्रमणसम्म छलफल

गठबन्धन बैठक : मन्त्रिपरिषद् पुनर्गठनदेखि देउवाको अमेरिका भ्रमणसम्म छलफल

काठमाडौं- सत्ता गठबन्धनको बैठक सकिएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको हो। बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, एसपीपी, प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलगायतका विषयमा छलफल भएको छ।

बैठकमा नेकपा एकीकृत समाजवादीले आफूहरूले गरेको मन्त्री हेरफेरको निर्णय छिट्टै कार्यान्वयन गर्न प्रधानमन्त्री देउवासँग माग गरे। ज्वाफमा देउवाले उक्त निर्णय कार्यान्वयन गर्ने आश्वासन दिएको समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताए। बैठकमा एसपीपीबारे सर्वदलीय बैठक बोलाउने विषयमा पनि छलफल भएको बताइएको छ।

प्रतिकृया दिनुहोस्