×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रसंघका महासचिवलाई मेन्सन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा वाग्लेको ट्विट

राष्ट्रसंघका महासचिवलाई मेन्सन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा वाग्लेको ट्विट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिएका नेपाली अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपालको जारी नक्कली भुटानी शरणार्थी प्रकरणमा विश्व समुदायलाई सार्वजनिक जानकारी दिएका छन् ।

आज वाग्लेले संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेस, राष्ट्रसंघको शरणार्थी मामिलाका उच्च आयुक्त फिलिप्पो ग्रान्डी, अमेरिकी विदेश सचिव एन्थोनी ब्लिन्कन, नेपालस्थित अमेरिकी राजदूत डिन आर थोम्पसनलाई ध्यानाकर्षण गराएका हुन् ।

नक्कली भुटानी शरणार्थीको समाचार शेयर गर्दै सामाजिक सञ्जाल ट्विटमार्फत वाग्लेले उच्च अन्तर्राष्ट्रिय अधिकारीलाई मेन्सन गरेका छन् ।

राष्ट्रसंघदेखि अमेरिकाले नेपालमा भुटानबाट खेदिएका सक्कली शरणार्थीको अन्तर्राष्ट्रिय पुनर्वासको मुद्दामा नेतृत्व गरेका थिए । अमेरिकालगायतका आठ देशले भुटानी शरणार्थीलाई सन् २००७ ताका पुनर्वास गरेका थिए । बेलायत, अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, नर्वे, डेनमार्क र नेदरल्याण्डले लाख बढी नेपाली भाषा बोल्ने भुटानी शरणार्थीलाई स्वीकार गरेका थिए ।

अहिले नक्कली भुटानी शरणार्थी प्रकरण आएसँगै ती देशहरुको पनि चासो बढेको बेला राष्ट्रसंघदेखि अमेरिकी अधिकारीहरुसम्मलाई वाग्लेले गरेको ध्यानाकर्षण अर्थपूर्ण छ ।

प्रतिकृया दिनुहोस्