×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौंको सबै क्षेत्रको मतगणना आजै सुरु हुने, कहाँ कहाँ हुँदैछ मतगणना ?

काठमाडौंको सबै क्षेत्रको मतगणना आजै सुरु हुने, कहाँ कहाँ हुँदैछ मतगणना ?

काठमाडौं- काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा मतगणना आजै रातिबाट सुरु गर्ने तयारी निर्वाचन आयोगले गरेको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार आजै रातिबाट १० वटै क्षेत्रको विभिन्न स्थानमा मतगणना सुरु गर्न लागिएको हो । जिल्ला निर्वाचन कार्यालय काठमाडौंका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले मतगणना आजैदेखि सुरु हुने बताएका छन् ।

उनले राति नै मतगणना सुरु गर्न सबै तयारी सकिएको पनि बताएका छन् । यी १० ठाउँको मतगणना फरक फरक ठाउँमा हुने पनि उनले जानकारी दिउका छन् । उनका अनुसार भट्टराईले काठमाडौं–१ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा, ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुनेछ।

काठमाडौं–५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, ७ को बालाजुस्थित जुडो हलमा ८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा, ९ को रविभवनस्थित न्याथम कलेजमा र १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना हुँदैछ ।

प्रतिकृया दिनुहोस्