×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा

उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा

काठमाडौं - काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहारी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन् । 


विपत व्यवस्थापनविद् डा.धर्मराज उप्रतीले आज दिउँसोबाट उपत्यकामा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहेको प्रदुषण न्यूनीकरणमा सहयोग पुग्ने बताए । “यतिबेला हावाहुरी, चट्याङसहितको वर्षा भइरहेकाले सतर्कता अपनाउन जरुरी छ”, उनले भने, “देशका अधिकांश जिल्लामा लागिरहेको वन डढेलोका कारण वायु प्रदुषण बढेको थियो । वर्षाका कारण वायु प्रदुषण न्यूनीकरण हुनेछ ।” 


मङ्गलबार र बुधबार उपत्यकामा वायु प्रदुषण बढ्दा काठमाडौँ विश्वको नै पहिलो प्रदुषित सहरका रुपमा सूचीकृत भएको थियो । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बुधबार दिउँसो समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ थियो । सोमवार दिउँसो एक सय ६५ एक्यूआई रहेको प्रदुषण, मङ्गलवार दुईसय पुगेको थियो । आज भने प्रदुषण घटेर एक सय ७७ एक्यूआईमा सीमित भएको छ ।
 
 

प्रतिकृया दिनुहोस्