काठमाडौँ- नेपालमा बुधबार थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ७ सय १५ पिसिआर परीक्षणका क्रममा ३ सय ७० जना र ३ हजार ५ सय ५२ एन्टीजेन परीक्षणका क्रममा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २६ हजार ३ सय ८५ पुगेको छ । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन ।
नेपालमा हालसम्म ११ हजार ६ सय १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय ३९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख १३ हजार १ सय ७६ जना निको भएका छन् ।
हाल नेपालमा ५ हजार २ सय २५ सक्रिय संक्रमित आइसाेलेसनमा र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।