×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शेयर बजार

सनराइज बैंकको ५० हजार कित्ता सेयर बिक्रीमा

सनराइज बैंकको ५० हजार कित्ता सेयर बिक्रीमा

   काठमाडौँ  -सनराइज बैंकको संस्थापक सेयरधनीबाट ज्योतिकुमार बेगानीले बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो ५० हजार कित्ता सेयर बिक्री गरेर बेगानी संस्थापकबाट बाहिरिन चाहेका हुन् । 
बेगानीले संस्थापकबाट बाहिरिने घोषणासँगै अहिले बैंकले उनको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । उक्त सेयर संस्थापक भएकाले बैंकले पहिलो प्राथमिकता सोही बैंकका अन्य संस्थापक सदस्य अर्थात् अरु संस्थापक सेयरधनीहरूलाई खरिदको अवसर प्रदान गरेको छ । तर, तोकिएको समयावधिमा संस्थापकहरुबाट आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणमा समेत खुल्ला गरिने बैंकले जनाएको छ ।
बैंकले ३५ दिनको म्याद राखी संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । सेयरको न्यूनतम बिक्री मूल्य १८५ रूपैयाँलाई आधार मानेर तोकिएको बैंकले जनाएको छ । हाल ५१.१० प्रतिशत संस्थापक सेयर रहेको बैंकको कुल चुक्ता पुँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ भने बैंकले अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा १०.५५ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब ५० करोड खुद नाफा आर्जन गरेको छ ।

प्रतिकृया दिनुहोस्