×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सन्दीपविरुद्ध उजुरी दिने युवती नाबालिग नभएको दाबी

सन्दीपविरुद्ध उजुरी दिने युवती नाबालिग नभएको दाबी

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टीमका निवर्तमान कप्तान सन्दीप लामिछानेले पीडित युवतीले आफू १८ वर्ष पुगेको तर विषेश कारणले जन्ममिति घटाएको कुरा आफूसँग बताएको बयान दिएका छन् ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउने युवती नाबालिग नभएको दाबी गरिएको छ ।

आज प्रहरीले म्याद थपका लागि अदालत लैजाँदा सन्दीप लामिछानेले समेत युवतीले आफू १९ वर्ष भएको बताउँदै आएको बताएका छन् । तर, उनले अध्ययनका क्रममा भविष्यमा फाइदा हुनसक्ने भन्दै उमेर घटाएर अर्को जन्मदर्ता पनि बनाएको सन्दीपका वकिलहरुले बताएका छन् ।

सन्दीपका वकिलहरूले पीडित भनिएकी युवतीको २ वटा जन्मदर्ता भेटिएको र पछिल्लो जन्मदर्तामा उनले उमेर घटाएको देखिएको बताएका छन् ।  ‘पीडितले आफ्नो जन्मदर्तामा उमेर घटाएको प्रमाण हामीसँग छ । हामीले त्यो अदालतमा पेश गर्नेछौं,’ अधिवक्ता सुधा रिजालले भनिन् । लामिछानेमाथि थप अनुसन्धानका लागि थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

प्रतिकृया दिनुहोस्