पूर्वाधारभित्रको पूर्वाधार शिक्षा भएकाले सामुदायिक विद्यालयहरुको गुणस्तर अभिवृद्धिको लागि महानगरले विभिन्न कार्यक्रमहरु गरी सामुदायिक विद्यालयतर्फ आर्कषण बढेको उल्लेख गर्नुुभयो ।‘पाँच वर्षमा ७ हजार विद्यार्थी सामुदायिक विद्यालयमा बढे’उहाँले भन्नुभयो,‘यो भनेको गुणस्तरमा वृद्धि हुनु हो । अझै यो संख्या बढेर जान्छ । छात्रालाई साईकल वितरण, विद्यालयलाई बस हस्तान्तरण, गरिब विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका थियौ । विद्यालयका आधुनिक भवन निर्माण पनि भएका छन् ।’महानगरपालिकाले एक वडा एक नमुना विद्यालय निमार्णको लक्ष्यका लिएकाले विद्यालयहरु बीच शैक्षिक प्रतिस्पर्धा कायम भई शैक्षिकक गुणस्तरमा वृद्धि हुने मेयर दाहालले दाबी गर्नुभयो ।
सो कोषमा नेपाल पत्रकार महासंघ चितवन शाखाले रु एक लाख थप गरी भत्ता वितरण थालिएको हो । कोषका लागि भरतपुर महानगरपालिकाले आज एक समारोहकाबीच रकम हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहालले महासंघका अध्यक्ष नारायण अधिकारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
महासंघले कोषमा जम्मा गर्नुपर्ने रकमबाट गत वैशाखदेखि असारसम्म तीन महिनाको चार जना पत्रकारलाई मासिक रु चार हजारका दरले हुन आउने रु १२ हजार जनही वितरण गरिएको छ । योग्यता पुगेका एक जना नेपाल बाहिर रहेकाले पछि सो रकम हस्तान्तरण गरिने महासंघले जनाएको छ ।
लाभग्राही पत्रकार थपिएसँगै स्वतः महानगर र महासंघले कोषमा रकम थप गर्ने गरी कार्यविधि बनाइएको छ । कोष सञ्चालनका लागि महासंघका पदाधिकारी र महानगरका कर्मचारी रहेको पाँच सदस्यीय सञ्चालक समिति रहेको छ ।
रकम हस्तान्तरण गर्दै प्रमुख दाहालले महासंघसँग सहकार्य विगतमा झै आगामी दिनमा पनि गर्दै जाने बताए । उमेर घटाउने र कोषलाई वृद्धि गर्दै लग्ने विषयमा महानगरले छलफल गर्ने उनकाे भनाइ छ । उनले नेपालमानै पहिलोपटक पत्रकारिता क्षेत्रमा नमूना कार्य गरिएको बताए ।
महासंघले अघि बढाएको पत्रकार तालिम केन्द्रका लागि महानगरले दुई कठ्ठा जमिन संरक्षणका लागि दिएको भन्दै उनले तालिम केन्द्रका लागि आवश्यक रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । यससँगै लेखनवृत्ति, क्षमता अभिवृद्धिलगायतका कार्यमा महानगरले सहकार्य गर्ने उनकाे भनाइ छ । प्रमुख भएसँगै अघिल्लो कार्यकालमा पत्रकारिता क्षेत्रलाई प्रवद्र्धन हुने गरी विभिन्न कार्यक्रम अघि बढाएको उनले बताए । यस कार्यकालमा पनि महासंघका प्रस्तावलाई सम्बोधन गरिने उनले जानकारी दिए ।
सोही अवसरमा उपप्रमुख चित्रसेन अधिकारीले नेपालमै महानगरले महासंघसँग सहकार्य गरेर अनुकरणीय काम अघि बढाएको बताए । यसबाट दुई संस्थाबीचको सहकार्य थप मजबुत हुने उनकाे भनाइ छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले महानगरले सबै प्रक्रिया पूरा गरेर महासंघसँग सहकार्य गरी भत्ता वितरण कार्यका लागि कोषमा जम्मा हुने गरी रकम वितरण गरेको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सिर्जना अर्यालले देशमानै नमूना काम यहाँको महासंघ र महानगरले गरेको भन्दै प्रशंसा गरे ।
महासंघका अध्यक्ष अधिकारीले संस्थागतरुपमा महासंघबाट आएका प्रस्ताव अहिलेसम्म फर्किनु नपरेको भन्दै अब अगाडि सारिएका आयोजनामा सहकार्य गरिदिन आग्रह गरे । सोही अवसरमा ६० वर्ष कटेका ज्येष्ठ पत्रकार रेशम वीरही, डिल्लिराम पोख्रेल, मोहोन पोख्रेल र महेन्द्रराज श्रेष्ठलाई तीन महिनाको निवृत्तिभरण रकमबापत रु १२ हजारका दरले चेक हस्तान्तरण गरिएको थियो ।
निवृत्तिभरण रकम बुझेसँगै वीरहीले पत्रकारको योगदान हालसम्म राज्यले गर्न नसकेको बताए । यो कार्यको थालनी महत्वपूर्ण भएको उनकाे भनाइ थियो ।
भत्ता वितरण कार्यविधिअनुसार महिला, दलित, अपाङ्ग र अल्पसङ्ख्यकका लागि ५५ वर्ष र अन्यको हकमा ६० वर्ष कटेका र २० वर्ष पत्रकारिता गरेका पत्रकारलाई यो कोषबाट भत्ता वितरण गर्ने व्यवस्था रहेको छ ।
नेपाल सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता पाउनयोग्य उमेर भएपछि यो कोषबाट भत्ता पाइने छैन । यससँगै नेपाल सरकारका कुनै पनि निकायका नियमित सुविधा लिनेलाई कोषमा समावेश गरिने छैन ।