×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जापानमा निजामती कर्मचारीको अवकाश उमेर ६० वर्षबाट बढाएर ६१ वर्ष पुर्‍याय

जापानमा निजामती कर्मचारीको अवकाश उमेर ६० वर्षबाट बढाएर ६१ वर्ष पुर्‍याय

जापानमा राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर ६० वर्षबाट बढाएर ६१ वर्ष पुर्‍याइएको छ । 

जापानले आर्थिक वर्ष २०३१ सम्ममा सेवानिवृत्तिको उमेर ६५ वर्ष पु¥याउन प्रत्येक दुई वर्षमा एक वर्ष थप गर्ने बताएको छ । 

जापानको राज्यद्वारा दिइने निवृत्तिभरण उमेर ६० बाट ६५ मा वृद्धि गरिएको छ । यो अवधिमा जापानी नागरिकले आम्दानीविहीन अवधिको सामना गर्नुपर्ने भएपछि यो मुद्दालाई हाल पुनः रोजगार विधि मार्फत् समाधान गरिएको छ ।  

जापान सरकारले वृद्ध कामदारहरूले सेवानिवृत्तिको उमेर बढाएर युवा सहकर्मीहरूलाई उनीहरूको अनुभवमा मद्दत गर्न सक्ने बताएको छ । 

 

प्रतिकृया दिनुहोस्