काबुल: अफगानिस्तानमा बिग्रँदै गएको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै भारतीय विदेश मन्त्रालयले त्यहाँ बसिरहेका आफ्ना नागरिकलाई सुरक्षा सतर्कता अपनाउन निर्देशन जारी गरेको छ ।
अफगानिस्तानमा बसिरहेका भारतीयलाई आफ्नो काम, बस्ने ठाउँका साथै बाहिर जाँदा सावधानी अपनाउन निर्देशनमा सल्लाह दिइएको छ । यसका साथै भारतीयहरूलाई काबुल दूतावासको वेबसाइटमा आफ्नो विवरण दर्ता गर्न सुझाव दिएको छ ।
निर्देशनमा भनिएको छ,‘सबै भारतीय नागरिकलाई सल्लाह दिइन्छ कि बिनाकाम यात्रा नगर्नुस्।
दिनमा बाहिर निस्कने काम नहोस् ।’
सरकारी गाडी, सेना, वरिष्ठ अधिकारी, सुरक्षा एजेन्सीका गाडीबाट दूरी बनाएर राख्न विदेश मन्त्रालयले सल्लाह दिएको छ ।
भीडभाड हुने सार्वजनिक स्थान, सपिङ मल, रेस्टुरेन्टजस्ता ठाउँमा नजान उसले आफ्नो नागरिकसँग आग्रह गरेको छ ।