×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दुई गोलले पछि परेको म्यानचेस्टर सिटीले टोटनह्यामलाई हरायो

दुई गोलले पछि परेको म्यानचेस्टर सिटीले टोटनह्यामलाई हरायो

काठमाडौँ- ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले टोटनह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले टोटनह्यामलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

२-० ले पछि परेको म्यानचेस्टर सिटीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै चार गोल गरेर खेल जितेको थियो । टोटनह्यामले दुवै गोल पहिलो हाफमा गरेको थियो । म्यानचेस्टर सिटीको जितमा रियाद महरेजले दुई गोल गरेका थिए भने जुलियन अल्भारेज र ईर्लिंग हालाण्डले एक एक गोल गरेका थिए । टोटनह्यामका लागि डेजान कुलुसेभ्सकी र एमर्सन रोयलले एक एक गोल गरेका थिए ।

यो जितपछि सिटीको १९ खेलमा ४२ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको आर्सनलभन्दा ५ अंकले पछाडि रहेको छ ।  यद्यपि आर्सनल एक खेल कम खेलेको छ । टोटनह्यामको २० खेलमा ३३ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्