×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

साहित्य

विद्रोह

विद्रोह

विद्रोह :: कविता 
अराजकता र शोषणले सिमा नागेपछी।
सर्वहारा वर्गले क्रान्तिको बिउ रोप्दैन भनी।।
दलाल,माफियाको अनुहार नवउदारवाद्को भेषमा देखिनेछन।
श्रमजिविको हातमा रहेको बिद्रोह बम पद्किदैन भनी।।
पुस्तक नपुग्ने ठाउँमा मतपेटिका पुग्छ भन्नी।
मल नआउने देशमा बिदेशी सेना आउँछ भनी।।
दक्षिणपन्थी,सामन्तीहरु सलबलाउन थाल्छन।
सचा-बामपन्थी एक ठाउँमा नभएपछि।।
बिचार र सिद्धांन्तमा बिचलन आए भनी।
सहिदको रगतमा होलि खेलेको देखेपछि।।
लौरो टेक्दैघण्टी बजाउदै आउने छन स्वतन्त्र अवसरबादी,।
वैज्ञानिक समाजवादको मुक्तिको दियो बल्न सक्दैन भनी।।
महँगिले आकाश भ्रष्टाचारले गगननै चुमे पनि।
क्रान्तिकारीहरुले बिद्रोह गरेन भनी।।
किसानले मल,पीडितले न्याय,जनाताले जनताको  शासन पाउने छैन।
शत्रु चिनाइ बिद्रोहको बन्दुकको कल खोली दिएन भनी।।
             

प्रतिकृया दिनुहोस्