काठमाडौं- नेपालमा मंगलबार थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९,३८६ पीसीआर परीक्षणका क्रममा २७२ जना र २,४२४ एन्टीजेन परीक्षणका क्रममा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १८ हजार ७ सय ६४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप ३०४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ५ हजार २ सय ५ जना संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ३ सय ५२ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।